+
+

नयाँ बर्षमा ई-सेवा मनी ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:५४

ई-सेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ। यो योजना वैशाख १ गतेदेखि सुरू भई साउन ४ गतेसम्म सञ्चालन हुनेछ।

रेमिटोत्सवमा दैनिक एक जनाले ५ हजार रुपैयाँ तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजार रुपैयाँको उपहार प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुने बताइएको छ। जस अन्तर्गत विदेशबाट ई-सेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन्।

यो योजना क्यास, बैंक र वालेट तीनवटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागू हुनेछ। त्यस्तै, विजेता स्वयम् उपस्थित हुन नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सक्नेछन्।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा ई-सेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने ई-सेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटी मार्फत समेत सार्वजनिक गरिनेछ।

ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्राउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?