+
+

राखेप बोर्ड बैठक यसै साता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १८:३२

२ वैशाख, काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक यसै साता बस्ने भएको छ ।

२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता वैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन मन्त्रालयमा पत्राचार गरिएको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘परिषद्को बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्रीसमक्ष प्रस्ताव गरिसकेको छु । मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु । बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ । म संस्थागत तरिकाले चालउँछु ।’

उनले वैठक नबसे पनि कार्यकारिणी समितिमार्फत धेरै महत्वपूर्ण निर्णयहरु गर्न सकिने भएकाले राखेपको नियमित काममा धेरै असर नगरेको बताए । नयाँ ऐनले सदस्यसचिवको नेतृत्व रहने गरी राखेपकै सदस्यहरु सम्मिलित ७ सदस्यीय कार्यकारिणी समितिको परिकल्पना गरेको छ ।

राखेपको बोर्ड बैठक २०७५ चैत १५ गतेयता बस्न सकेको छैन । त्यतिबेला आठौं राष्ट्रिय खेलकुदका लागि आवश्यक निर्णय गर्न वैठक बोलाइएको थियो ।

सदस्यसचिवका रुपमा केशवकुमार विष्टले चारवर्षे कार्यकाल सकाएपछि नियुक्त भएका रमेशकुमार सिलवालको झण्डै साढे दुई वर्ष लामो कार्यकालमा एकपल्ट पनि वैठक बस्न सकेन । उनले गत असार ३० गते वैठक आह्वान गरेका थिए । तर बदलिँदो राजनीतिक परिस्थितिका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

नयाँ ऐनका प्रावधानप्रति असन्तुष्ट देखिएका सिलवालले ऐन कार्यान्वयनमा बेवास्ता गरेको मन्त्रालयको बुझाइ थियो । नयाँ खेलकुद ऐनमा वर्षमा कम्तिमा दुईपल्ट राखेपको बोर्ड बैठक बोलाउनुपर्ने अनिवार्य प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?