+
+

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, गीत र नारा बनाउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १२:४७

४ वैशाख, काठमाडौं । २२ जेठदेखि २८ सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, गीत र नारा तयार गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सूचना प्रकाशन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको केन्द्रिय कार्यालयबाट निकालिएको सूचनामा छानिएका लोगो, मस्कट, गीत र नाराका लागि नगद पुरस््कार दिने उल्लेख छ ।

लोगो गण्डकी प्रदेशको प्रतिबिम्ब तथा नवौं राष्ट्रिय खेलकुदको मर्म समेट्ने गरि निमार्ण गरिएको हुनु पर्ने छ ।

खेलकुद चिन्ह(मस्कट) को हकमा गण्डकी प्रदेशको प्रख्यात जनावरलाई अंकित गरी निमार्ण गरिएको हुनु पर्ने छ भने, खेलकुद गीत राष्ट्र र खेलकुदको भावना जोडिएको ४ मिनेटभित्र समेटिने गरि रचना गनु पर्ने छ ।

मापदण्द अनुरुप छनोट भएका मस्कटका लागि २५ हजार, लोगो रचना गर्नेलाई ५० हजार, गीतलाई २० हजार र नारालाई १० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

प्रतिक चिन्ह(मस्कट), लोगो, खेलकुद गीत तथा नारा निमार्ण गरि गोप्य सिलबन्दीमा राखेपको केन्द्रिय कार्यलयमा ११ वैशाखभित्र पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?