+
+

धादिङमा सत्तारुढ तीन दलबीच सहमति, जसपा बाहिरै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १३:११

४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलहरू धादिङमा स्थानीय तह बाँडफाँटमा सहमति नजिक पुगेका छन् ।

आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको जानकारी दिए । उनका अनुसार संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति भइसकेको छैन ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरूलाई खबर नगरिएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार नै जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।

एमाले, जसपा र राप्रपाबीच पनि तालमेलका लागि छलफल सुरु हुन लागेको जसपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?