+
+

अर्जुन कुमारको नयाँ फिल्म ‘गोरे सार्की’को मुख्य भूमिकामा सौगात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १४:१८
अभिनेता सौगात मल्ल । फाइल तस्वीर

काठमाडौं । ‘चपली हाइट’ फेम्ड निर्माता अर्जुन कुमारको नयाँ फिल्म ‘गोरे सार्की’को मुख्य भूमिकामा सौगात मल्ल तय भएका छन् ।

सौगातलाई फिल्मको भूमिकामा तय गरिएको निर्माता अर्जुन कुमारले बताए । ‘हिरो फाइनल गरेका छौं, तर लिखित सहमति हुन बाँकी छ,’ अर्जुनले अनलाइनखबरसँग भने ।

जेठ अन्तिमदेखि छायांकन सुरु हुने लक्ष्य राखिएपनि पछिल्लो समय अन्य फिल्मको छायांकनमा व्यस्त रहेका सौगातको समय मिलेपछि मात्र प्रोजेक्ट अघि बढ्ने बताइएको छ ।

सौगात अहिले ‘२ नम्बरी’ फिल्मको सुटिङमा व्यस्त छन् । त्यसबाहेक उनी अन्य अनटाइटल तीनवटा फिल्मको तयारीमा छन् । ‘सौगातको समयानुसार मात्र फिल्मलाई अघि बढाउँछौं,’ फिल्मका निर्देशक निकेश खड्काले भने, ‘गोरे सार्कीको भूमिकामा सौगात नै उपयुक्त हुने हाम्रो ठम्याइ छ ।’

सौगातले पनि चार-पाँच वर्षअघि नै स्क्रिप्ट पढेको र आफूलाई मन परेको बताए । ‘गर्ने भन्ने कुरा हो, कहिलेदेखि फिल्म सुरु हुन्छ, निश्चित छैन,’ उनले भने । सोसल कमेडी जनरामा बन्न लागेको फिल्मलाई ‘चपली हाइट ३’का लेखक आकाश बरालले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?