+
+

‘स्पाइडरम्यान’लाई २९२ पटक हेरेर एक व्यक्तिले राखे विश्व कीर्तिमान !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १५:५५

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यानः नो वे होम’लाई २९२ पटक हेरेर अमेरिकी राज्य फ्लोरिडाका एक दर्शकले विश्व कीर्तिमान कायम गरेका छन् ।

रामिरो एलेनिस नामका एक दर्शकले यसअघि पनि ‘एभेन्जर्स एण्ड गेम’लाई १९१ पटक हेरेर विश्व रेकर्ड राखेका थिए । तर उनको उक्त रेकर्डलाई आर्नोल्ड क्लेइन नामक अर्का दर्शकले ‘एभेन्जर्स’को पहिलो संस्करणलाई २०४ पटक हेरेर तोडेका थिए ।

पुनः कीर्तिमान राख्न एलिनेसले १६ डिसेम्बर २०२१ देखि १५ मार्च २०२२ सम्म ७२० घण्टा अर्थात् ३० दिन उक्त फिल्म हेरेका थिए । यो रेकर्ड राख्न उनले सुरुवाती दिनमा दैनिक पाँच पटक फिल्म हेरेका थिए ।

कीर्तिमान राख्न एलेनिसले ३४ सय डलर खर्च गरेका थिए । सीएनएनका अनुसार स्पाइडरम्यानः नो वे होमले विश्वभर एक बिलियन डलर कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?