+
+

अपांगता भएकाहरुलाई मतदानमा पहिलो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:३४

५ चैत, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिइने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान केन्द्रलाई बढी भन्दा बढी अपांगमैत्री बनाउने गरी व्यवस्थापन गर्नेमा सहयोग गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।

‘मतदान केन्द्रमा पुग्नेहरुमध्ये सबैभन्दा पहिलो प्राथमिकता अपांगता भएकाहरुलाई दिइनेछ’ उनले भने ।

आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहनेछ । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?