+
+

हरेक क्षेत्र समावेशी नभए समाज अघि बढ्दैन : अमेरिकी राजदूत बेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:५६

६ वैशाख, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हरेक क्षेत्र समावेशी नभएसम्म समाज अघि बढ्न नसक्ने बताएका छन् ।

सञ्चारिका समूहले अमेरिकी दूतावासको सहयोगमा आयोजना गरेको महिला पत्रकार सशक्तिकरण सम्बन्धी कार्यक्रममा राजदूत बेरीले सबै क्षेत्रहरुमा प्रतिनिधित्व विविधता हुनुपर्ने जोड दिए ।

उनले भने, ‘मैले महिला पत्रकारको संख्या निकै कम भएको देखेको छु । महिलाको सार्थक सहभागिताविना समाचारमा फरक दृष्टिकोणको अभाव हुन्छ । सबै क्षेत्रहरूमा प्रतिनिधित्व विविधता बिना, समाज आफ्नो क्षमताको अधारमा अघि बढ्न सक्दैन ।’

सञ्चारमाध्यममा समान प्रतिनिधित्वले सबै पक्षका मुद्दा उठान सहज हुने राजदूत बेरीले बताए ।

सोमबारदेखि सञ्चालित महिला नेतृत्वसम्बन्धी तालिममा देशभरका २० महिला पत्रकार सहभागी थिए । मंगलबार सकिएको कार्यक्रममा सहभागी मध्येबाट तीन जना छनोट हुनेछन् ।

छनोट भएका पत्रकार महिलाले फिचर लेखनका लागि तीन महिनाको मेन्टरसिप पाउने सञ्चारिका समूहका महासचिव बसन्ती बाँस्तोलाले जानकारी दिइन् ।

सहभागीहरुलाई वरिष्ठ पत्रकार हरिकला अधिकारी, मोहन मैनालीले प्रशिक्षण दिएका थिए भने यशोदा तिम्सिना र बबिता बस्नेत मेन्टर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?