+
+

९० वर्ष आयुको ब्लेन्डेड ग्रिन सिमेन्टको बजारीकरणमा जगदम्बा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:०५

काठमाडौं । नेपालमा हाल प्रयोगमा रहेका ओपीसी सिमेन्टहरु अधिकतम् ४०–५० वर्ष टिकाउ हुने मानिन्छ । झण्डै तीन दशक अघि नै नेपालमा उत्पादन र प्रयोग हुने ब्लेन्डेड सिमेन्ट (पीपीसी र पीएससी) को आयु ९० वर्ष थियो ।  कम कार्बन उत्सर्जन गर्ने, मूल्यमा सस्तो र बलियो निर्माणका लागि कहलिएको ब्लेन्डेड सिमेन्ट कालान्तरमा ओपीसी र पीपीसी सिमेन्टको छायाँमा पर्‍यो । जसका कारण ती सिमेन्टबाट निर्मित संरचनाको आयुबारे बहस नै भएन ।

रुपन्देहीको भैरहवा र पर्साको वीरगञ्जमा रहेको जगदम्बा सिमेन्ट उद्योग भने पुनः ब्लेन्डेड ग्रिन सिमेन्ट उत्पादन र बजारीकरणमा लागेको छ । जगदम्बाले सुरुवाती चरणमा ब्लेन्डेड ग्रिन सिमेन्ट नै उत्पादन गथ्र्याे ।

जगदम्बा सिमेन्टका प्रोजेक्ट हेड सुनिल पौडेल र ब्रान्ड म्यानेजर जगन्नाथ दाहाल आफूहरु आम उपभोक्तालाई फेरि ब्लेन्डेड ग्रिन सिमेन्टमा बानी पार्न लागिपरेको बताउँछन् । पौडेल र दाहालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

अहिले चर्चामा आएको जगदम्बा ब्लेन्डेड ग्रिन सिमेन्ट भनेको के हो ?

अन्य सिमेन्टको तुलनामा कम कार्बन उत्सर्जन गर्ने, प्राकृतिक स्रोतको न्यूनतम प्रयोग हुने अनि ठूला उद्योगहरुबाट निस्कने औद्योगिक कच्चा पदार्थको उपयोगबाट बन्ने पीपीसी र पीएससी सिमेन्ट नै ब्लेन्डेड ग्रिन सिमेन्ट हो । सस्तोे, लामो समय टिक्ने र वातावरण मैत्री ग्रिन सिमेन्टमै अबको भविष्य छ ।

यो सिमेन्ट अन्य सिमेन्टभन्दा कसरी फरक छ ?

नेपालमा ओपीसी, पीपीसी र पीएससी गरी तीन प्रकारका सिमेन्ट प्रयोगमा छन् । हाम्रो उद्योगले पनि यी सबै प्रकारका सिमेन्ट उत्पादन गर्छ । सिमेन्ट भन्ने वित्तिक्कै क्लिंकर, जिप्सम र अन्य वस्तुको समिश्रण भन्ने बुझ्नुपर्छ । सिमेन्ट बन्ने कच्चा पदार्थको आधारमा सिमेन्टको वर्गिकरण हुन्छ ।

चुनढुंगा पोलेपछि डढेर बन्ने सानो गुच्चाजस्तो पदार्थलाई क्लिंकर भनिन्छ । त्यसलाई धुलो पारेपछि सिमेन्ट बन्छ । सिमेन्टलाई जम्न नदिन जिप्सम हालिन्छ । ओपीसी सिमेन्टमा ९५ प्रतिशत क्लिंकर र ५ प्रतिशत जिप्समको मिश्रण हुन्छ ।

त्यस्तै, पीपीसी सिमेन्टमा ६५ प्रतिशत क्लिंकर, ५ प्रतिशत जिप्सम र ३० प्रतिशत फ्लाइ एस हुन्छ । पीएससी सिमेन्टमा ६५ प्रतिशत क्लिंकर, ५ प्रतिशत जिप्सम र ३० प्रतिशत स्लायगको मिश्रण हुन्छ ।

ओपीसी सिमेन्टमा धेरै क्लिंकर प्रयोग हुँदा उर्जा पनि बढी खपत हुन्छ । कम क्लिंकर र औद्योगिक वेस्ट फ्लाइ एस र स्लायग प्रयोग हुने हुनाले पीपीसी र पीएससी सिमेन्टलाई ग्रिन सिमेन्ट भनिन्छ । यसकारण, ओपीसीलाई नन्ग्रिन्डेड सिमेन्ट तथा पीपीसी र पीएससीलाई ग्रिन्डेड सिमेन्ट पनि भनिन्छ ।

ग्रिन्डेड सिमेन्टलाई नै ग्रिन सिमेन्ट भनेर प्रवर्द्धन गर्न लागिएको हो । भारत, फ्रान्स, बेलायत जस्ता देशहरुले पनि ब्लेन्डेड सिमेन्ट प्रवर्द्धन गरिरहेका छन् ।

ग्रिन सिमेन्ट किन गुणस्तरीय छ ?

ओपीसी सिमेन्टमा ९५ प्रतिशत क्लिंकर प्रयोग हुन्छ । यो सिमेन्टबाट बनेको संरचनाको ‘हिट अफ हाइड्रेसन’ धेरै हुन्छ । हाइड्रेसन धेरै हुँदा त्यो संरचना फुट्ने सम्भावना बढी हुन्छ । पीपीसी सिमेन्टको भने हिट अफ हाइड्रेसन कम हन्छ । ओपीसीको संरचनालाई १० दिन क्युरिङ गर्नुपर्छ भने पीपीसीको संरचनामा ५ दिन गरे पुग्छ ।

अर्को महत्वपुर्ण कुरा, ओपीसी सिमेन्टबाट बनेको संरचनामा २८ दिनमा आउने भारबहन क्षमता नै अन्तिम हुन्छ । जबकी, पीपीसी सिमेन्टको भारबहन क्षमता २ वर्षसम्म विकास गरिरहन्छ । जसका कारण पीपीसी सिमेन्टको भारबहन गर्ने क्षमता ओपीसीको भन्दा वढी हुन्छ । ओपीसी सिमेन्ट तुरुन्त सेट हुन्छ, पीपीसीले समय लिन्छ र दिर्धकालमा भारवहन क्षमता वृद्वि हुन्छ ।

ब्लेन्डेड सिमेन्टको विशेषता भनेको सुस्त सेटिङ हो । सुस्त सेटिङ प्रकृयामा भारबहन क्षमता विस्तारै वढ्दै जान्छ । ओपीसीको आयु भनेको ४०–५० वर्ष हो भने ब्लेन्डेड ग्रिन सिमेन्टको ८०–९० वर्षको हुन्छ ।

फेरि, अहिलेकै गतिले ओपीसी सिमेन्ट उत्पादन बढ्दै गए आउँदो सय वर्षमा हाम्रो चूनढुंगा खानी रित्तिन्छ । ब्लेन्डेड सिमेन्टतिर लाग्यौं भने हाम्रा खानीहरुको आयुमा १३० वर्ष पुग्छ । त्यसैले सस्तोे, लामो समय टिक्ने र वातावरण मैत्री ग्रिन सिमेन्टमै अबको भविष्य छ ।

ब्लेन्डेड ग्रिन सिमेन्ट वातावरणमैत्री छ भन्ने दाबी पुष्टि गर्ने आधारहरु के–के हुन् ?

ब्लेन्डेड ग्रिन सिमेन्ट उत्पादकले ठूला उद्योगबाट निस्किएको बाइ प्रडक्ट– जस्तो, खरानी (स्लाग) लगायतको उपयोग गर्ने हुनाले वातावरणमैत्री हुन्छ । ब्लेन्डेड सिमेन्टमा क्लिंकर कम प्रयोग हुँदा प्राकृतिक स्रोत अर्थात चुनढुंगाको खपत पनि कम हुन्छ ।

नयाँ प्रविधिको भर्टिकल रोलर मिलमा व्लेन्डेड सिमेन्ट उत्पादन गर्दा उर्जा पनि कम खपत हुन्छ । यी सब कारणले यसलाई पर्यावरण–वातावरणमैत्री बनाउँछ ।

जलवायु परिवर्तनको मुद्दा जोडतोडले उठेको बेला ग्रिन सिमेन्ट उत्पादन र बजारीकरणमा जगदम्बाको प्रयासको अर्थ के हुन्छ ?

विश्वभरि नै अहिले जलवायु परिवर्तनको विषय जोडतोडले उठेको छ । प्रदूषण न्यूनिकरणमा ध्यान दिनुपर्ने आवाज व्यापक छ ।

कार्बनडाइअक्साइड उत्पादनमा पेट्रोलियम र कोइला प्रयोगको प्रमुख भूमिका छ । त्यही कारण, जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा भारत, चीनलगायत मुलुकले कोइला प्रयोग घटाउने प्रतिबद्धता जनाएका छन् । यसमा जगदम्बाले पनि ‘क्याम्पेनिङ’ गरिरहेको सर्बविदितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?