+
+

निष्कर्ष नजिक पुग्यौं : सञ्चारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १९:३९

६ वैशाख, काठमाडौं । सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगरबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको दाबी गरेका छन् ।

दिउँसो ३ बजेदेखि जारी बैठकबारे संवाददाताहरुलाई जानकारी गराउँदै बैठक जारी रहेको र निष्कर्षको चरणमा पुग्नै लागेको बताए।

‘हामी निष्कर्षको नजिक पुगेका छौं,’ कार्कीले भने, ‘बैठक जारी छ । छलफल सकरात्मक छ । हामी निष्कर्षको चरणमा पुगेका छौं ।’ कार्कीले ६ महानगर र ११ उपमहानगरबारे समग्रमा छलफल गरिरहेको जानकारी गराए।

मंगलबार भएको बैठक पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने, नछाड्ने विषयमा विवाद भएपछि निष्कर्षविहीन भएको थियो । तर, आजको बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति जुटेसँगै ६ महानगरको भागबन्डा सकिएको बताइएको छ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने छ। माओवादी केन्द्रले भरतपुर र जनता समाजवादीले वीरगञ्ज महानगर पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?