+
+

यी हुन् संसारकै अग्ली महिला, जसको नाममा छन् ३ विश्व रेकर्ड (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १२:२२

संसारमा जति पनि मानिसहरू छन् सबै फरक-फरक छन् । सबै मानिसको शरीरको बनावटसँगै अन्य कुराहरू पनि फरक हुन्छन् ।

कोही मानिस मोटो त कोही दुब्लो हुन्छन् । कोही अग्लो त कोही होचो हुन्छन् । कसैको दिमाग तेज हुन्छ त कोही अन्य कुरामा चतुर हुन्छन् ।

रुमेसा गेल्गी नामकी महिला संसारकै सबैभन्दा अग्ली महिला हुन् । गेल्गीले संसारकै अग्ली महिलाको रुपमा विश्व कीर्तिमान त कायम गरेकै छिन् उनीले अरु विभिन्न चार विधामा समेत गिनिज बुकमा नाम लेखाएकी छिन् । जसका कारण उनको नाममा अहिले पाँच वटा विश्व कीर्तिमान बनेका छन् ।

टर्किस नागरिक रुमेसा गेल्गीको उचाइ ७ फिट ०.७ इन्च छ । उनी संसारकी सबैभनदा लामा हात भएकी महिला पनि हुन् । उनको दायाँ हातको लम्बाइ २४.९३ सेमी छ भने बायाँ हातको लम्बाइ २४.२६ सेमी छ ।

उनको दोस्रो कीर्तिमान पनि हातकै नाममा छ । उनी सबैभन्दा लामो हातका औंला भएकी महिला हुन् । उनको सबैभन्दा लामो औंला ११.२० सेमी छ ।

उनी सबैभन्दा लामो पिठ्युँ भएकी महिला पनि हुन् । उनको पिठ्युँको लम्बाई ५९.९० सेन्टिमिटर छ ।

विभर सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत समस्याका कारण उनको शरीर यतिविघ्न ठूलो भएको हो ।

स्मरण रहोस् संसारकी सबैभन्दा होची महिलाको कीर्तिमानचाहिं भारतकी ज्योति आमगेको नाममा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?