+
+

झापामा गठबन्धनबाट बाहिरिएको एकीकृत समाजवादीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १९:१३
झापामा बसेको ५ दलीय गठबन्धनको बैठक।

८ वैशाख, झापा । झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ ।

नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो ।

एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको अनलाइनखबरलाई बताए । ‘अस्ति जे सहमति भएको थियो, त्यो उल्ट्याउने काम भयो’, उनले भने, ‘अरुलाई जिताउन मात्र किन गठबन्धन गर्नु ?’

एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने घोषणासँगै झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ । एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गठबन्धनबाट बाहिरिएपछि आवश्यकताका आधारमा छुट्टै गठबन्धनका लागि वार्ता थालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘राप्रपा र जसपासँग पनि छलफल गरिरहेका छौं ।’

समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो । तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थियो । ‘हामीले उपप्रमुख दिँदा पनि कम्तिमा ४ वटा चाहिन्छ भनेका थियौं’ रेग्मी भन्छन् ।

कांग्रेसका नेताहरु समाजवादीले अस्वभाविकरुपमा भाग खोजेको दाबी गर्छन् । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भागबन्डाबारे सैद्धान्तिक सहमति भएको र हस्ताक्षरको तयारी भइरहेको अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार झापामा कांग्रेसले १४ वटा स्थानीय तहको प्रमुखमा दाबी गरेको छ भने माओवादीलाई एउटा स्थानीय तहको प्रमुख दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?