+
+

अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने

रात्रिकालीन उडान हुने विमानस्थल १८ घण्टा चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १२:५४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

९ वैशाख, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो ।

पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडान/अवतरण प्रभावित भएको छ । जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन् ।

कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन् । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ । यहाँ आन्तरिक उडान शुरु भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलमा कुनै कारणले उडान/अवतरण प्रभावित बनेको अवस्थामा विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल तयार भएसँगै दुवै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा चल्ने भएका हुन् ।

प्राधिकरणका अनुसार रात्रिकालीन उडान हुने विमानस्थल भने अब १८ घण्टा चल्नेछन् । बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन् । यसले रातको अन्तिम समयमा हुने उडान रद्दको समस्या समाधान हुने अपेक्षा गरिएको छ । अहिले तराई भेगका राजविराज बाहेक सबै विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ ।

यी हुन् रात्रिकालीन उडान हुने विमानस्थल

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
  • धनगढी विमानस्थल
  • नेपालगञ्ज विमानस्थल
  • सिमरा विमानस्थल
  • जनकपुर विमानस्थल
  • विराटनगर विमानस्थल
  • भद्रपुर विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?