+
+

क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेय प्रहरी नियन्त्रणमा 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १४:५७
प्रतीकात्मक तस्वीर

१० वैशाख, काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा शनिबार आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघका अध्यक्ष नारायण पंगेनीले जानकारी दिए ।

निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गरेकै आधारमा पाण्डेयलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पंगेनीले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेयलाई पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रताविरोधी हर्कत भएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले उनलाई विनाशर्त अबिलम्ब रिहाई गर्नु पर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?