+
+

ओस्कारमा प्रतिबन्धपछि विल स्मिथ भारतमा, सद्गुरुसँग समय बिताउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते ११:४४

काठमाडौं । ओस्कार अवार्ड प्रकरणपछि हलिउड अभिनेता विल स्मिथ पहिलो अन्तर्राष्ट्रिय भ्रमणका सिलसिलामा शनिबार बेलुका भारत पुगेका छन् । १० वर्षको लागि ओस्कारमा प्रतिबन्ध लगाइएपछि उनी विदेश यात्रामा निस्किएका हुन् ।

अवार्ड समारोहमा प्रस्तोतालाई थप्पड हानेपछि विल चौतर्फी आलोचनाको केन्द्रमा छन् । त्यसयता उनी तनावमा रहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार बेलुका विललाई मुम्बई विमानस्थलमा देखिएको थियो । खबरअनुसार उनी आध्यात्मिक गुरु सद्गुरुलाई भेट्न भारत पुगेका हुन् । उनको भारत भ्रमणलाई यही घटनासँग जोडेर हेरिएको छ ।

थप्पड प्रकरणपछि विल स्मिथ पहिलोपटक मुम्बई एयरपोर्टमा देखिएका हुन् । उनी मुम्बईको जुहु मेरियट होटलमा बसेका छन् । उनले सद्गुरुसँग केही समय बिताउने जनाइएको छ । सद्गुरुसँग विल निकट पनि छन् । यसअघि पनि यी दुईको भेटघाट भइसकेको छ ।

पत्नी जेडालाई लिएर विलको डिभोर्सका गसिप चल्ने थालेको समयमा उनी भारत भ्रमणमा पुग्नुलाई महत्वको साथ लिइएको छ । यदि डिभोर्स भयो भने सम्पत्तिको आधा हिस्सा जेडाले पाउनेछिन् । स्मिथको सम्पत्ति ३५० मिलियन डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?