+
+

विवेकशील साझाबाट विराटनगरको मेयरमा अमलेश र भरतपुरमा प्रवीण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:५८

११ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई महानगरको मेयरसगै भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए । उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन् ।

भरतपुरका मेयर उम्मेदवार २८ बर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । उनी ‘तातोभात अभियान’ का योजनाकारमध्येका एक हुन् । यो अभियानले भरतपुरमा कोभिड संक्रमित बिरामीका कुरुवाहरुलाई २८ दिनसम्म निरन्तर नि:शुल्क खाना खुवाएको थियो ।

त्यसैगरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धि कार्यक्रममा संलग्न हुँदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?