+
+

मिस नेवाःका प्रतिस्पर्धी सुन्दरीहरुले देखाए प्रतिभा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:३९

काठमाडौं । १६औं संस्करणको मिस नेवाःका प्रतिस्पर्धी सुन्दरीले भक्तपुरमा आयोजित एक समारोहमा प्रतिभा प्रस्तुत गरेका छन् ।

मिस नेवाः नेपाल ११४२ अन्तर्गत आइतबार भक्तपुरको सूर्यविनायकमा सम्पन्न यूएफओ मिस नेवाः नेपाल ट्यालेन्ट शोअन्र्तगत सहभागी नेवार सुन्दरीले कला देखाए । उनीहरुले मिस ट्यालेन्ट उपाधिको लागि नृत्य, वक्तृत्वकला, बाँसुरी वादन, आँखामा पट्टी बाँधेर धिमे बाजा बादन, गायन, सिलाइबुनाइ लगायतका कला र प्रतिभा प्रदर्शन गरे ।

ट्यालेन्ट शोबाट मिस ट्यालेन्ट चयन गरिने र विजेताको नाम अन्तिम प्रतिस्पर्धाको क्राउनिङ सेरोमनीमा घोषणा गरिने आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।

प्रतियोगिताको ग्रान्ड फिनाले वैशाख १८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेच्छा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन सहभागी छन् ।

विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्नेछिन् । प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?