+
+

‘यो सिजन बार्सिलोनाले ला लिगा जित्नु असम्भवजस्तै’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:१५

११ वैशाख, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभियर हर्नान्डेजले क्लबले यो सिजन ला लिगाको उपाधि जित्नु लगभग असम्भव भएको बताएका छन् ।

ला लिगाको शीर्ष स्थानमा रियल मड्रिडले बार्सिलोनालाई १५ अंकले पछि छोडेको छ । लिगमा रियलले ५ र बार्सिलोनाले ६ खेल खेल्न बाँकी छ । लिग जित्न रियललाई कम्तिमा चार अंक आवश्यक छ ।

आइतबार राती हुने रायो भालेकानोसँगको खेल अगाडी यसै सिजन क्लबको प्रशिक्षण जिम्मेवारी पाएका जाभीले लिग उपाधि असम्भवजस्तै भएको बताएका हुन् । उनले भने, ‘हामी यसपटक ला लिगामा दोस्रो स्थान र अर्को सिजनको च्याम्पियन्स लिगका लागि खेलिरहेका छौं ।’

प्रशिक्षक जाभी थप्छन्, ‘हामी धरातलमा रहेर सोच्नुपर्छ । पछिल्ला केही खेलहरुमा राम्रो नतिजा ल्याउन सकेका छैनौं त्यसलाई हामी फर्काउन चाहन्छौं । हामीले धैर्य धारण गरेर खेल्नुपर्छ । नयाँ योजनासहित पहिलो सिजन खासै राम्रो गर्न सकेनौं । अर्को सिजन उपाधी जित्ने गर्ने गरी खेल्नेछौं ।’

मेस्सीपछिको युगमा बार्सिलोनाकाे धैर्यता

विश्व पुस्तक दिवसको अवसरमा प्रशिक्षक जाभीलाई बार्सिलोनाको अहिलेको स्थितिका बारेमा प्रश्न गरिएको थियो । जसमा उनले भनेका थिए,‘ हामीले केही चमत्कारी खेल पनि खेलेका थियौं । जस्तै हामीले ४–० को जित निकालेका थियौं ।’

जाभीले मेस्सी युग सकिएपछिको समयमा उपाधिभन्दा संहालिएर खेल्नु उपयुक्त हुनेसमेत बताए । ‘हामी मेस्सी पछिको युगमा छौं । यो बेला हामीले कुनै उपाधी जित्नुभन्दा पनि सम्हालिएर खेल्नु आवश्यक छ,’ उनले थपे, ‘हामीले अहिले खेलमा ध्यान दिनु पर्छ । यर्थाथवादी भएर खेल बलियो बनाउनतर्फ लाग्नु पर्छ ।’

खेलाडी स्थानान्तरणको बारेमा भने यहि सिजन नै सबै योजना बनाइ सकेको समेत प्रशिक्षक जाभीले बताएका छन् । हुन त बार्सिलोनाले अर्को पटक च्याम्पियन्स् लिग खेल्न पाउने नपाउने हालसम्म टुङ्गो भने लागि सकेको छैन । उनले भने, ‘हामी योजना बनाइरहेका छौं । यसबारेमा आर्थिक अवस्थाले पनि धेरै प्रभाव पार्छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?