+
+

बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

कांग्रेस ६, माओवादी २ र जनमोर्चालाई २ पालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:१३

१२ वैशाख, बागलुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ ।

माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमती भएको माओवादी केन्द्र बागलुङ जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले जैमिनीनगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख, माओवादी केन्द्रले बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसिखोलागाउँपालिकाको उप्रमुख पाउने भएको छ।

त्यस्तै राष्ट्रियजनमोर्चाले काठेखोलागाउँपालिका र बडिगाडगाउँपालिका र एकिकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने सहमति भएको छ । जनता समाजवादीलाई २ कार्यपालिका सदस्य र ११ वडा सदस्यदिने गरि सहमतीभएको घिमिरेको भनाई छ ।

जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसलाई ४३, माओवादी केन्द्रलाई २१, राष्ट्रियजनमोर्चालाई १५ र एकिकृत समाजवादीलाई ६ वडादिने गरि सहमती नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती जीत शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?