+
+

र्‍यापर युनिक पोइटले गाए फिल्म ‘षट्कोण’को गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:२७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको ‘प्रवर्द्धन गीत’मा र्‍यापरलाई सहभागी गराउने क्रम बढेको छ । फिल्मका गीतमा लाउरे र जी-बबपछि अब अर्का र्‍यापर युनिक पोइटको पालो आएको छ ।

युनिक पोइटको गायन रहेको फिल्म ‘षट्कोण’को गीत ‘रहस्य’ रिलिज भएको छ । गीतमा युनिककै शब्द छ भने विशेष पाण्डेले संगीत दिएका छन् ।

मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा अभिनेता कर्माले एक आपराधिक घटनाको रिपोर्टिङमा लागेका पत्रकारको भूमिका निर्वाह गरेका छन् । मिलन डी काप्री फिल्मका निर्देशक हुन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म वैशाख २३ गते रिलिज हुने तयारीमा छ । कर्र्मासहित फिल्ममा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी र विराज कडरियाको अभिनय छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?