+
+
Shares

यौनहिंसा विरुद्धको कथामा बनेको फिल्म ‘देवी’ तीजमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:०५

काठमाडौं । महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै २१ भदौलाई प्रदर्शन मिति तय गरेका हुन् ।

पोस्टरमा शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित फिल्ममा शिल्पाले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । क्राइम थ्रिलर जनरामा बनेको फिल्म रिलिजमा रामबाबु गुरुङको बाँसुरी फिल्म्सले सघाउने भएको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्म्ससँगको सहकार्यमा फिल्म प्रदर्शन हुन लागेको । अनलाइनखबरसँग कुरा गर्दै डेब्यु निर्देशक राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा फिल्म बनेको बताए ।

‘बलात्कारको मुद्दामा कुरा हुनुपर्छ भन्ने हामीले ठान्यौं । यो इस्युलाई व्यावसायिक भन्दा पनि इमान्दार भएर उठाउन खोजेका हौं,’ निर्देशक राईले भने, ‘नेपालमा क्राइम थ्रिलर फिल्म त्यति नबन्ने भएकाले पनि हामीले यो इस्युमा हात हालेका हौं ।’

फिल्मको कथानुसार एक भिजिलान्तेले धमाधम बलात्कारीको हत्या गरिरहेको हुन्छ । उक्त हत्या सही हो वा गलत भन्ने कुरामा फिल्मले प्रश्न गर्छ । ‘यो इस्युमा नेपालको कानुन बदलिनुपर्छ भन्ने सचेतना दिन पनि फिल्म बनाएका हौं,’ राईले भने ।

अभिनेत्री शिल्पा मास्केले आफ्नो करिअरमा यो फिल्मबाट ठूलो अपेक्षा राखेको बताइन् । ‘परस्त्री’पछि उनको दोस्रो महिलाप्रधान फिल्म हो । दर्शकमा सचेतना जगाउन पनि तीजमा रिलिजको निर्णय गरिएको उनले बताइन् ।

फिल्ममा शिल्पाले पत्रकारको भूमिका गर्दा गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको रोल गरेका छन् । यो फिल्ममा गौरवका बुवा तथा पाका अभिनेता टीका पहारी पनि छन् । यो बाबुछोराले पहिलोपटक एकसाथ अभिनय गरेको फिल्म समेत हो ।

निर्देशक राईको कुरा गर्दा उनी एक हरर फिल्मको तयारीमा छन् । जनवरीदेखि छायांकनमा जाने यो फिल्मको यतिबेला स्क्रिप्टको काम भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?