+
+

४ बजेसम्म साढे ३७ हजारको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:०९

१२ वैशाख, काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ३७ हजार ५८५ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ३९५ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ७८४ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ३२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । ८२२ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा ९ हजार ७९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ५ हजार ८४९ जनाले महिला सदस्य पदमा उमेद्‍वारी दिएका छन् भने ५ हजार ९५ जनाले दलित महिला सदस्य पदमा उमेद्‍वारी दिएका छन् ।

५ बजेसम्म मनोनयनका लागि लाइनमा बसेकाहरूले मनोनयन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको भन्दै आयोगले सबै उम्मेद्‍वारको विवरण आउन समय लाग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?