+
+

विप्लव नेतृत्वको नेकपाका नेता खतिवडा र डाँगी रिहा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १२:०३

१४ वैशाख, विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । जिल्ला अदालत मोरङको आदेशबाट उनी सोमबार धरौटीमा रिहा भएका हुन् ।

२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो ।

अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।

खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् ।

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?