 
																			स्कोडाको आधिकारिक विक्रेता एमएब्लू इन्टरप्राइजेज प्रालिले ‘कम्पलिट पिस अफ माइन्ड विथ युरोपियन अस्याेरेन्स’ योजना ल्याएको छ ।
सो कम्पनीले ग्राहकका लागि डाउन पेमेन्टमा स्कोडाको स्वामित्व लगायतका विभिन्न सुविधासहितको योजना ल्याएको हो । यस योजनामा ग्राहकहरूले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् । साथै, स्कोडा कुशक गाडी खरिद गर्दा २ वर्षको निःशुल्क आवधिक सर्भिसिङसमेत पाउनेछन्।
एमएब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो।
के के छन् योजनामा ?
स्कोडा कुशक डाउन पेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । १० लाख मात्र डाउन पेमेन्ट गर्दा पनि स्कोडा कुशक खरिद सकिनेछ ।
साथै, ग्राहकहरूले २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् र ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
ग्राहकले ७ वर्षका लागि ७० प्रतिशत ऋणमा वित्त पोषण पाउनेछन् । साथै, कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशक खरिद, गर्न पाउने र पुरानो ग्राहकले कार स्कोडा कुशकको लागि एक्सचेञ्जसमेत गर्न सक्नेछन् ।
‘स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध छ । यसमा अवार्ड–विजेता नयाँ टीएसआई प्रविधि सहितको १.० लिटर इन्जिन छ जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ।’ कम्पनीले जनाएको छ ।
स्कोडा निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छ। चेक गाडी निर्माताका यी पक्षहरूलाई नेपाली बजारले मन पराएको छ भने यी सबै पक्षहरूले स्कोडा कुशकलाई देशकै सबैभन्दा प्रिय गाडीहरूमध्ये एक समेत बनाएको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4