+
+

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:०१

१४ वैशाख, काठमाडौं । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ ।

एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् ।

त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् ।

छानविनमा पर्ने सांसदको नाम नखुलाइ पनि उनी ४० देखि ५० वर्ष उमेरबीचका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?