+
+

सागर थापाकाे चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने

शैक्षिक सामाग्रीदेखि औषधिसम्‍म नि:शुल्क गराउने चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १२:२६

१५ वैशाख, विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिवद्धता पत्रमा विराटनगरको सीमा भएर बग्ने दुई खोलामा तटबन्ध गरेर माछा पालन गर्ने प्रतिवद्धता जनाएको छ ।

पूर्वतर्फ रहेको सिंघिया र पश्‍चिमतर्फको सीमा रहेको केसलिया खोलामा वर्षेनी आउने बाढीका कारण आसपासका बस्ती डुबानमा पर्छन् ।

विराटनगरमा डुबानको अन्त्य गर्ने प्रतिवद्धता जनाएको एमालेले दुई खोला किनारमा हरियाली पार्क निर्माण गर्ने, खोलामा तटबन्धन गरी माछापालन गर्ने र डुंगा चलाउने प्रतिवद्धता जनाएको हो ।

एमालेले सार्वजनिक गरेको १०० बुंदे प्रतिवद्धता पत्रको ४७औं नम्बरमा सो विषय उल्लेख छ । विराटनगरमा ऐलनी जग्गाको पहिचान गरी पार्क र ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

एमालेलले सामाजिक सुरक्षा भत्तामा पाइरहेका अति गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका असहाय नागरिकलाई थप सामाजिक सुरक्षा भत्ता दिने प्रतिवद्धता जनाएको हो ।

एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

एमालेले जितेको खण्डमा विपन्न बालबालिकालाई नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने, विराटनगरमा रहेका पुस्तकालयहरुलाई प्रविधि मैत्री बनाउने, विराटनगरका सडक र चोक-चोकमा सीसी क्यामेरा जडान गर्ने, महानगरका शव दाह स्थलमा विद्युतीय शव दाह गृह बनाउने, गरिबीको रेखामुनि रहेका नागरिकलाई सुगर, प्रेसर, थाइरोइड लगायतका दीर्घ रोगको औषधि निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?