+
+

सलिना महर्जनले जितिन् मिस नेवाःको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १४:४८

काठमाडौं । काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् ।

मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के-के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।

जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहिर्‍याइदिएकी थिइन् । उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद जितेकी छन् । साथै, क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् ।

ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरथिमिकी सेलिना प्रजापति सेकेन्ड रनरअप घोषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?