+
+

तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:१०

१९ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिकामा प्रमुख बासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका उम्मेदवारलाई भोट माग्दै भाषण गरेको, नारा जुलुसमा सहभागी भएको, नाचगान गरेको भन्दै निर्वाचन ऐन र आचारसंहिता अनुसार कारवाही गर्न माग गरेका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ परिच्छेद ३ दफा (ञ) मा पदबाट राजीनामा नदिई कुनै दलको वा उम्मेदवारको चुनावी कार्यक्रममा सहभागी हुन नपाइने उल्लेख छ । तर घिमिरेले भने सरकारका मन्त्रीहरुले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका थिए ।

तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले घिमिरेविरुद्ध उजुरी परेकाले स्पष्टिकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।

हेर्नुहोस् उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?