+
+

गठबन्धनका उम्मेदवार जिताउन शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १८:३९

२० वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।

मंगलबार अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न पाँच बुँदे निर्णय गरेको छ।

त्यस्तै गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने, गठबन्धन नभएको र पार्टीबाट एकल उम्मेदवार पनि नभएका स्थानमा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्ति’का विरुद्ध मतदान गर्ने निर्णयमा उल्लेख छ।

गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न गर्ने समेत निर्णयमा उल्लेख गरिएको छ ।

हेर्नुस् विज्ञप्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?