+
+

विराटनगरमा मेयरका उम्मेदवारहरुको बाचा : भ्रष्टाचार नगर्ने, गर्न पनि नदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:४२

२० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका पाँच उम्मेदवारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा र स्वतन्त्रका उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका हुन् ।

भ्रष्टाचार विरुद्ध नागरिक संस्था र विकल्प विराटनगरले आयोजना गरेको अन्तरक्रियामा मेयरमा उम्मेदवारी दिएका कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, विवेकशील साझाका अमलेश कर्ण र स्वतन्त्र उम्मेदवार उमेश यादवले भ्रष्टाचार नगर्ने र जितेर गए महानगरमा गर्न पनि नदिने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।

मेयरका पाँच जना दाबेदारले आफूले चुनाव जिते, शिक्षा स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने बताए । उनीहरूले विराटनगरकाे गिर्दो शाखलाइ माथि उकास्ने प्रतिबद्धता पनि जनाए । करको दर घटाउने र दायरा बढाएर चुहावट नियन्त्रण गर्ने योजना पनि रहेकाे उम्मेदवारहरूले बताए ।

देशलाई ७ जना प्रधानमन्त्री दिएको विराटनगर पूर्वाधार निर्माणमा पछि परेका कारण आफूले जिते विकासमा केन्द्रित हुने कांग्रेसका उम्मेदवार नागेश कोइरालाले बताए । उनले करको दरलाई घटाएर दायरालाई बढाउने योजना रहेको बताए ।

‘७ जना प्रधानमन्त्री देश बनाउन लागे, विराटनगर पछि बनाउँछु भन्दा भ्याउनु भएन,’ उनले भने, ‘चुनाव जितेर हामी विराटनगरलाई बनाउँछौं ।’ उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइका विषय आफ्नो प्राथमिकतामा रहेको सुनाए ।

एमालेबाट मेयरका उम्मेदवार थापाले आफ्नो एजेन्डा पनि करको समस्या सामधान गर्दै नागरिक मैत्री प्रशासन बनाउने रहेको सुनाए ।

प्रदेश १ काे स्थायी राजधानीको संरचना निर्माण र डुबानमुक्त विराटनगर बनाउने, सुकुम्बासी समस्या सामधान गर्ने उनको प्राथमिकता छ ।

राप्रपाबाट मेयरका उम्मेदवार बनेका साहले विराटनगरको स्वरुप परिवर्तन गर्न उम्मेदवारी दिएको बताए ।

मेयरका स्वतन्त्र उम्मेदवार यादवले डुबानको समस्यालाई अन्त्य गर्ने, केशलिया र सिंगिया खोलालाई दुवै साइडमा तटबन्ध गरेर बाइपास सडक बनाउने योजना रहेको सुनाए । उनले शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

विवेकशील साझा पार्टीका मेयरका उम्मेदवार कर्णले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई अघि बढाउने र भ्रष्टाचार रोकेर विकास निर्माणको कामलाई प्राथमिकता दिने बताए ।

मेयरका पाँच जना उम्मेदवारहरुले देशको दोस्रो ठूलो सहरको रुपमा परिचित विराटनगरको औद्योगिक क्षेत्रको विकास पनि आफ्नो प्राथमिकतामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?