+
+

प्रचण्डलाई जीतनारायणले भने : रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १४:०८
फाइल तस्वीर

२२ वैशाख, चितवन । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् ।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?