+
+

सत्ता गठबन्धनले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ८:२५

२३ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । शान्तिवाटिकामा दिउँसो एक बजे चुनावी सभा हुने नेताहरुले बताएका छन् ।

सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका थिए । सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल पनि गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंहलाई मेयर पदको उम्मेदवार बनाएका छन् । यसैगरी उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?