+
+

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १९:३३

२५ वैशाख, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए ।

आइतबार दिउँसो बाख्रा चराउन र माछा मार्न गएका कुमाल छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?