+
+

हुम्लामा सीडीओदेखि सञ्चारकर्मीसम्मले गरे नमूना मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १२:४२

२७ वैशाख, हुम्ला । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेेखि सञ्चारकर्मीसम्मले नमूना मतदानमा भाग लिएका छन् ।

स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतदेखि लगायतले नमूना मतदान गरेका हुन् ।

सिमकोट गाउँपालिका ६ स्थित कालाशिल्ता आधारभूत विद्यालयमा भएको नमूना मतदान केन्द्रमा नमूना मतदान भएको हो ।

हुम्लामा मतदाता शिक्षा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । वृद्धवृद्धा अशक्त आशयका लागि मतदाता शिक्षा आवश्यक देखिएको प्रजिअ परियारको भनाइ छ ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले नमूना मतदान गर्दै हुम्लामा मतदाता शिक्षा आवश्यक देखिएको बताए ।

कालाशिल्ता आधारभूत विद्यालयमा नमूना मतदान गर्न पुगेका अध्यक्ष रावतले सर्वसाधारण नागरिकका लागि मतदाता शिक्षा अनिवार्य देखिएको बताए । हुम्ला जिल्लामा धेरैजसो मतदाताले मत बदर गर्ने सम्भावना रहेको रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?