Expand
+
+

काठमाडौंमा मेरो प्रतिस्पर्धी छ जस्तो लागेकै छैन : केशव स्थापित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:१८
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् ।

एमालेले काठमाडौंमा गरेको चुनावी सभामा बोल्ने क्रममा आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’

फोहोरको एक वर्ष पछि स्थायी समाधान निस्कने उनले दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?