+
+

प्यूठानमा निर्वाचन सामग्री लिएर मतदान केन्द्र पुग्दै कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १८:३६

२७ वैशाख, प्यूठान । प्यूठानमा निर्वाचन सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्र तर्फ हिँडेका छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सुरक्षाकर्मीको टोलीसहित कर्मचारीहरु मतपत्र, मतपेटिका र मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री बोकेर मतदान स्थल हिंडेका हुन् ।

प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिकामा १५१ मतदान स्थलमा २ सय २० केन्द्र तोकिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवका अनुसार निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी  १ हजार ८४ जना कर्मचारी खटिएका छन् । सबै मतदान केन्द्रमा मंगलबार साँझसम्म कर्मचारी र निर्वाचन सामग्री पुगिसक्ने उनले बताए ।

एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

प्यूठानमा एउटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीहरूलाई दिइएको छ ।

मल्लरानी गाउँपालिका –४ को महेन्द्र प्राविको ‘क’  मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका हुन् । पल्पसा मतदान स्थलमा ‘क’ र ‘ख’ गरी २ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसमेत महिला मात्रै रहेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।

महेन्द्र प्रावि मतदान केन्द्रको अधिकृतमा टिनाकुमारी क्षेत्री र डा. उर्मिला भटराईलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?