+
+

लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरबाट तीन साधक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ११:४३

काठमाडौं । लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन साधकलाई सम्मान गरेको छ । संस्थाले यस वर्षको इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान प्रा. डा. त्रिरत्न मानन्धरलाई, सरस्वती सम्मान साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई र नारायणगोपाल संगीत सम्मान तथा संगीतकार न्हूँछेबहादुर डंगोललाई प्रदान गरिएको हो ।

कार्यक्रममा वसन्त चौधरी फाउण्डेसनले प्रकाशन गरेको डा. अस्मिता अर्यालको निबन्ध संग्रह ‘मैले बुझेको दुनियाँ’को विमोचन समेत गरिएको थियो ।

संस्थाले २०५२ सालदेखि साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?