+
+

पारिश्रमिक लिन बाँकी नेपालीलाई बक्यौता रकम बुझ्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ८:२६

२९ वैशाख, काठमाडौं । कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित कामदारले वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।

गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव श्रीपालीलाइ पनि सम्पर्कमा आएर रकम बुझ्न आग्रह गरिएको छ । गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?