+
+

पाँचखालको एक मतदान केन्द्रमा तोडफोड, मतदान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:५५

३० वैशाख, काभ्रे । पाँचखाल नगरपालिका-१३ मा मतदान स्थलमा तोडफोड भएको छ ।सीता माध्यामिक विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नेकपा एमालेसम्वद्ध एक जनालाई ४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् ।

उनीहरूले मतदान स्थलमा राखिएको डेक्सबेञ्च तोडफोड गरेका छन् । अहिले मतदान स्थगित गरिएको हो ।

यस्तै, वर्षाको कारणले नमोबुद्ध-११ को मतदान केन्द्रमा पनि केही समय मतदात अवरुद्ध भएको थियो । त्यहाँ अहिले मतदान सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?