+
+
स्थानीय तह निर्वाचन :

जुम्लाको गज्यांकोटमा जेठ १ गते मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ८:२०

३१ वैशाख, जुम्ला । गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको यो केन्द्रमा ३२० खसेपछि झडप भएको थियो ।

गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

स्थगित भएको केन्द्रबाहेक जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?