+
+

खोटाङका २ पालिकामा एमाले, १ मा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ८:३०

३१ वैशाख, खोटाङ । खोटाङको १० स्थानीय तहमध्ये पाँच स्थानीय तहको मत गणना शुक्रबार रातिदेखि जारी छ । पाँच पालिकाको गणना शनिबार बिहान सुरु हुँदैछ ।

केपिलासगढी गाउँपालिका

केपिलासगढी गाउँपालिका–१ फेदीबाट गणना सुरु भएको छ । हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

बराहपोखरी गाउँपालिका

बराहपोखरी गाउँपालिकाको अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । एमालेकी उम्मेदवार गोमादेबी मगरले ७५ र नेपाली कांग्रेसका शालिकराम बञ्जराले ६० मत पाएका छन् । बराहपोखरी गाउँपालिकामा शुक्रबार राति २ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत कोपिला राईले बताईन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अग्रता लिएको छ । ३०० मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले १२६, उपाध्यक्षका उम्मेदवार रमा कटवालले १२६, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ८३ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ८२, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ७४ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले ८२ मत ल्याएका छन् ।

दिप्रुङमा शुक्रबार राति १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ । २०० मत गणना सकिँदा कांग्रेसका अध्यक्षका उम्मेदवार फटिककुमार श्रेष्ठले ९७, उपाध्यक्षका उम्मेदवार लिलानारायण श्रेष्ठले ९५, एमालेका अध्यक्षका उम्मेदवार हरिकुमार पोखरेलले ६८ र उपाध्यक्षका उम्मेदवार कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ । जन्तेढुंगा गाउँपालिकामा रातिबाटै मत गणना जारी छ ।

पाँच पालिकाको आज बिहानदेखि गणना हुँदै

ऐसेलुखर्क गाउँपालिकामा मत गणनाका लागि सर्वदलीय बैठक बस्दैछ । साकेला गाउँपालिकामा बिहान ७ देखि ८ बजेबाट गणना सुरु गर्ने तयारी भइरहेको छ । खोटेहाङ गाउँपालिकामा आजैदेखि मत गणना सुरु गर्ने तयारी छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पनि आजैदेखि मत गणना सुरु गर्ने तयारी भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?