+
+

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्लामा नारासिंह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:५२

३१ वैशाख, काठमाडौं । माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ ।  डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।

६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

वडानम्बर १मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भएका छन् मावादीका प्रकाश रोकायले ६६ मत ल्याएका छन् ।

वडानम्बर २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतका साथ विजयी भएका छन् भने माओवादीका विमल बुढाथोकी ६१ मत ल्याएर दोस्रो भए ।

वडानम्बर-३ मा एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्याएर विजयी हुँदा माओवादीका लालबहादुर बोहोराले १३२ मत ल्याए ।

वडानम्बर ४ मा माओवादीका भीमप्रसाद बोहोरा २३३ मत ल्याएर विजयी भएका छन् भने कांग्रेस ४३ मतका साथ दोस्रो भयो ।

वडानम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मत ल्याएर विजयी भएका छन् ।एमालेका धनसिं बोहोरा ११७ मत ल्याएर दोस्रो भए ।

वडानम्बर ६ मा एमालेका कालीबहादुर बुढा १५९ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । यहाँ माओवादीका भक्तबहादुर बुढाथोकी १४४ मत ल्याएर दोस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?