+
+

रियल मड्रिड उपाधि नजिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १०:१८

१५ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले शुक्रबार राति रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ । यस जितपछि रियल उपाधिको नजिकै नजिक पुगेको छ ।

रियललाई जित दिलाउन टर्किस खेलाडी एर्दा गुलरले एक मात्र गोल गरे । १९ वर्षीय मिडफिल्डर एर्दाले २९औं मिनेटमा पहिलो प्रयासमै गोल गरेका थिए ।

जितपछि रियलले ३३ खेलबाट ८४ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको ३२ खेलबाट ७० अंक छ ।

रियलले अब लिगमा ५ खेल खेल्न बाँकी रहँदा उपाधि जित्न ४ अंक मात्र आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?