+
+

भिनिसियसको २ गोलमा रियल विजयी, शीर्ष स्थानमा १० अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ७:०२

४ चैत, काठमाडौं ।  भिनिसियस जुनियरको दुई गोल मद्दमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा ओसासुनालाई ४-२ ले पराजित गरेको छ ।

यो जितपछि १० अंकको अग्रता बनाउँदै रियलले होड अझ बलियो बनाएको छ ।

ओसासुनाको मैदानमा भिनिसियसले खेलको चौथो मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर सातौं मिनेटमा एन्टे बुडिमिरले ओसासुनालाई लागि बराबरी गोल गरे ।

१८औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । ६१औं मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि रियलले ३-१ को अग्रता बनायो ।

यस्तै ६४औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले अग्रता अझ फराकिलो बनायो । ओसासुनाका मुनोजले इन्जुरी टाइममा गोल फर्काए पनि रियललाई जितबाट रोक्न सकेन ।

जितपछि रियलले २९ खेलबाट ७२ अंक जोडेको छ ।

समान खेलबाट ६२ अंक जोडेको जिरोना दोस्रो स्थानमा छ । गेटाफेसँग जिरोना १-० ले पराजित भएपछि रियललाई त्यसको फाइदा पुगेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?