+
+

रियललाई ७ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ८:१७

२८ फागुन, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई ४-० ले पराजित गरेको छ ।

यस जितपछि रियलले दोस्रो स्थानको जिरोनामाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होड पनि बलियो बनाएको छ ।

घरेलु मैदानमै रियलका लागि भिनिसियस जुनियर र  गुलरेल एक एक गोल गर्दा दुई आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको २१औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

सेल्टाका किपर भिसेन्टे गुएटियाले ७९औं र कार्लोस डोमिङ्गुएजले ८८औं मिनेटमा आत्मघाती गोल गरेपछि रियलले ३-० को आरामदायी अग्रता बनाएको थियो ।

८९औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अड्रा गुलरले इन्जुरी टाइमको चौथो मिनेटमा गोल थपे ।

जितपछि रियलको २८ खेलबाट ६९ अंक छ । दोस्रो स्थानको जिरोनाको समान खेलबाट ६२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?