+
+

रोड्रिगोको २ गोलमा रियल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ७:५४

१९ चैत, काठमाडौं । रोड्रिगोको दुई गोलमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा एक-एक गोल गरे । उनले आठौं मिनेटमा ब्राहिम डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा जुड बेलिङघहमको पासमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।

जितपछि रियलले ३० खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको बार्सिलोनामाथि पुन: ८ अंकको अग्रता बनाएको छ । समान खेलबाट बार्सिलोनाको ६७ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?