+
+

लाइपिजगसँग बराबरी खेलेपछि रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ९:०३

२४ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वाटरफाइनल दोस्रो लेगमा घरेलु मैदानमै जर्मन क्लब आरबी लाइपिजगसँग १-१ को बराबरी खेलेपनि समग्रमा २-१ को नतिजासहित रियल अन्तिम ८ मा पुगेको हो ।

पहिलो लेगमा रियलले १-० को जित हात पारेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियलका लागि भिनिसियस जुनियरले ६५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा विली ओब्रामले गोल गर्दै लाइपजिगको समभावना कायमै राखेका थिए ।

त्यसपछि भने दुवै टोलीले गोल गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?