+
+

बेलिङघमले जिते लाउरेस ब्रेकथु अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ११:२१

११ वैशाख, काठमाडौं । इंग्ल्यान्ड र स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले लाउरेस वर्ल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका छन् ।

२० वर्षीय युवा मिडफिल्डर यस सिजन रियलको लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनी गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल पुगेका थिए ।

बेलिङघमले आइतबार एल क्लासिकोमा बार्सिद्यवनालाई ३-२ ले पराजित गर्दा निर्णायक गोल गरेका थिए । उनले यो सिजन ला लिगामा १७ गोल गरेका छन् ।

यस्तै बेलिङघमले गत साता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टीसुटआउटमा हराउन पनि रियल मड्रिडलाई सहयोग गरेका थिए ।

लाउरेस वल्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले पाँचौ पटक जितेका छन् भने महिलातर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइटना बोनमाटीले जितिन् ।

बालोन डे’ओर अवार्ड होल्डर बोनमटीले आफ्नो क्लबलाई २०२२–२३ मा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताएकी थिइन् ।

२०२४ को लाउरेस अवार्ड विजेताहरु

स्पोर्ट्सम्यान अफ द इयर : नोभाक जोकोभिच

स्पोर्ट्सवुमन अफ द इयर : आइटना बोनमटी

टिम अफ द इयर : स्पेन महिला फुटबल टिम

ब्रेकथु अफ दि इयर : जुड बेलिङघहम

कमब्याक अफ द इयर : सिमोन बाइल्स (जिम्न्यास्टिक्स)

स्पोर्ट्स पर्सन अफ द इयर विथ अ डिजाबिलिटी : डिएडे डे ग्रुट (टेनिस)

एक्सन स्पोर्ट्सपर्सन अफ दि इयर : अरिसा ट्रेव (स्केटबोर्डिङ)

स्पोर्ट फर गुड अवार्ड : ररफायल नाडाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?