+
+

दाङको गढवा–८ बाट एमालेले खाता खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:५४

३१ वैशाख, दाङ । दाङको गढवा गाउँपालिका वडानम्बर ८ कोइलाबासमा नेकपा एमाले विजयी भएको छ । यो वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका सद्धाम सिद्दिकीले जितेका थिए ।

उनै सिद्दिकीलाई एक सयभन्दा बढी मत अन्तरले हराउँदै यसपटक एमालेका अब्दुल खालिक सिद्दिकी विजयी भएका छन् ।

एमालेका अब्दुल सिद्दकीले ४९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सद्दाम सिद्दिकीले ३८७ मत पाएका छन् ।

त्यसैगरी महिला सदस्यहरुमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी विक, खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओमबहादुर थापा निर्वाचित भएका छन् ।
वडा नम्बर ८ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?