+
+

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:२६

३१ वैशाख, मुस्ताङ । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भइन् ।

दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे । अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत प्राप्त गरे भने उपाध्यक्षमा छिरिङ ढोका गुरुङलाई ५२९ मत पाइन् ।

२०७४ मा लोमान्थाङको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?